छठको अन्तिम तयारीमा सिँगारियो गौरीघाट (तस्बिरहरू)

काठमाडौँ । विशेषगरी तराई भूभागमा हर्षोल्लासका साथ मनाइने हिन्दुहरूको पर्व छठको रौनक उपत्यकामा सुरु भएको छ । कात्तिक शुक्ल षष्ठीको साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिई छठ पर्व मनाउने गरिन्छ ।

विशेषतः मिथिलाञ्चल क्षेत्रमा मनाइने यो पर्व काठमाडौँ उपत्यकाको गौरीघाट, गुहेश्वरी, गहना पोखरी, नाग पोखरीलगायतका प्रमुख स्थानमा समेत भव्यताका साथ मनाउने गरिन्छ ।

पर्वको मुख्य दिन कात्तिक शुक्ल षष्ठी तिथिमा निराहार व्रत बसी साँझपख पवित्र जलाशायमा गएर अस्ताउँदो सूर्यलाई अर्घ्य दिने गरिन्छ । यसैगरी सप्तमीको दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो पर्व समापन गरिने परम्परा रहिआएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *