पूर्वराजा ज्ञानेन्द्रलाई प्रधान मन्त्रीको चेतावनी- ‘शासन व्यवस्थाविरुद्ध नलाग्नुस्’
काठमाडौँ । प्रधान मन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलई शासन व्यवस्थाविरुद्ध नलाग्न चेतावनी दिएका छन् । अनावश्यक शासन नलाद्न चुनौती दिँदै प्रधान मन्त्री देउवाले भने, ‘शासन नै गर्ने हो भने चुनाव लडेर आउनुस् । यत्तिकै शासन व्यवस्थाविरुद्ध नलाग्नुस् ।’
बुधबार गणेशमान स्मृति शान्ति प्रतिष्ठानले काठमाडाैँकाे शान्तिबाटीकामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधान मन्त्री देउवाले भनेका छन्, ‘चुनाव लडेर मात्रै शासन चलाउन पाइन्छ । त्याे पनि सही तरिकाले मात्रै ।’
आफूले प्रजातन्त्रबाहेक कुरा सुम्पिन तयार छु भनेर ज्ञानेन्द्र शाहलाई भनेको तर, उनले आफूलाई जेलमा कोचेको स्मरण गर्दै प्रधान मन्त्री देउवाले भने, ‘त्यतिबेलादेखि नै गणतन्त्रको माहोल शरू भयो ।’
यस्तै प्रधान मन्त्री देउवाले संविधानमा रहेका कतिपय कमीकमजोरीहरूलाई सुधार्दै लाने प्रण गरे । कार्यक्रममा प्रतिष्ठानले त्रिभुवन विश्वविद्यालयका प्राध्यापक खगेन्द्र भट्टराईलाई स्वर्णपदकबाट सम्मान गरेको थियो ।