सर्वोत्तम सिमेन्टको सिन्धुपाल्चोक र काभ्रेमा प्राविधिक भेटघाट
काठमाडौँ । सर्वोत्तम सिमेन्ट लिमिटेडले सिन्धुपाल्चोक तथा काभ्रे जिल्लालाई केन्द्रित गर्दै उक्त जिल्लाका विभिन्न स्थानहरूमा भवन निर्माण कार्यमा संलग्न सिनियर प्राविधिक (ठेकेदार) हरूलाई लक्षित भेटघाट कार्यक्रम गरेको छ ।
उक्त कार्यक्रममा कम्पनीका प्रोजेक्ट प्रमुख ई. अभिषेक झाद्वारा ओपिसी सिमेन्टको ४३ ग्रेड र ५३ ग्रेडबारे जानकारीका साथै यसका उपयोगिता र प्राविधिक विशेषताका बारेमा जानकारी प्रदान गराइएको थियो ।
साथै, घर बनाउँदा सिमेन्ट र डन्डीको प्रयोग प्राविधिक रुपमा कसरी गर्दा भूकम्प प्रतिरोधात्मक हुने र सिमेन्टको प्रयोग प्राविधक रुपमा उपयुक्त तरिकाले कसरी गर्दा सिमेन्टको खपत पनि कम हुन जान्छ भन्नेबारेमा समेत जानकारी तथा तालिम प्रदान गराइएको थियो ।
कम्पनीका ब्रान्ड म्यानेजर गोपाल सारदाका अनुसार सर्वाेत्तम सिमेन्ट अत्यधुनिक यूरोपियन भीआरएम प्रविधिद्वारा सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो सिमेन्ट उद्योग हो ।
आईएसओ ९००१ गुणस्तर प्रमाणित, १४००१ वातावरणमैत्री प्रमाणित र नेपाल गुणस्तर प्रमाणित समेत भएको कम्पनीले ४३ ग्रेड र ५३ ग्रेडमा ग्रिन सर्वाेत्तम ओपीसी र सौरभ ग्रिन पीपीसी नामक ब्रान्डका सिमेन्टहरू नेपालभर सर्वत्र बिक्री वितरण गरिरहेको कम्पनीले जनाएको छ ।