मिदासको अनलाइन अपोइन्टमेन्ट सेवा

काठमाडौँ।मिदास टेक्नोलोजीले सिभिल सर्भिस अस्पतालमा दीर्घकालीन उपचार र चिकित्सकसँग परामर्शका लागि मोबाइल एप्लिकेसनमार्फत अनलाइन अपोइन्टमेन्ट लिन सकिने गरी व्यवस्था मिलाएको छ । अनलाइन अपोइन्टमेन्ट सेवाले अस्पतालको ओपीडी सेवालाई सहज बनाउने र बिरामीको सन्तुष्टि बढाउने अपेक्षा गरिएको छ ।

बिरामीहरू आफैँ अपोइन्टमेन्ट लिन र भुक्तान गर्न सक्षम हुनुहुँदा अस्पतालमा गई लाइन लाग्ने झन्झटबाट मुक्ति मिल्नुका साथै समयको पनि बचत हुने विश्वास मिदासले लिएको छ । विगत दुई दशकदेखि अस्पतालका सेवालाई डिजिटलाइज्ड गर्ने कार्यमा मिदासले अग्रणी भूमिका खेल्दै आएको जनाएको छ ।

मिदासले इलेक्ट्रोनिक मेडिकल रेकर्ड (ईएमआर)को आधारमा अस्पताल र स्वास्थ्य संस्थाहरूको व्यवस्थापन पूर्ण रूपमा डिजिटलाइज गर्न प्रविधिको विकास गरेको छ । मिदासले देशभरका १ सय ५० भन्दा बढी अस्पतालहरूलाई व्यवस्थापन पद्धतिमा सहयोग गर्दै आइरहेको पनि जनाएको छ ।

मिदास टेक्नोलोजीले मेरो डाक्टर मोबाइल एप तथा वेभ मेरो डक्टर डटकम मार्फत अनलाइन टेलिमेडिसन सेवा प्रदान गर्दे आइरहेको छ । यो सेवा लिन इच्छुक बिरामीहरूका लागि २०० भन्दा बढी विशेषज्ञ डाक्टरहरू मार्फत ५० प्रतिशत छुटका साथै अनलाइन टेलि कन्सल्टेन्सी सेवा उपलब्ध गराउँदै आएको छ ।

साथै, मेरो डाक्टर मोबाइल एप तथा वेभ मेरो डक्टर डटकम मार्फत उपलब्ध केही पूर्णकालीन चिकित्सकहरूसँग बिरामीले दैनिक रूपमा बिहान ७ः०० बजेबाट राती ९ः०० बजेसम्मको समयमा तत्काल निः शुल्क परामर्श लिन सक्ने मिदासले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *