बैंक अफ काठमाण्डूका ग्राहकलाई एपोलो क्लिनिकमा विशेष छुट

काठमाडौँ । बैंक अफ काठमाण्डू लिमिटेड र एपोलो पोलि क्लिनिक बिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकलाई २० प्रतिशत सम्म छुट उपलब्ध गराउने सम्झौता भएको छ ।

यस सम्झौता पश्चात् ग्राहकले एपोलो पोलि क्लिनिकले प्रदान गर्ने प्याथोलिजी सेवामा २० प्रतिशत, डाईग्नोष्टिक सेवाहरूमा १५ प्रतिशत देखि २० प्रतिशत सम्म तथा फार्मेसी सेवामा १० प्रतिशत छुट पाउने छन् ।

ग्राहकले उक्त सेवाहरूमा छुट उपयोग गर्नको लागि बैंकको मोबाइल बैंकिङ तथा कार्डहरूको प्रयोग गरी भुक्तानी गर्नुपर्ने छ । एपोलो पोलि क्लिनिकले काठमाडौँ उपत्यकाको मैतीदेवीबाट सेवाग्राहीलाई गुणस्तरीय सेवा तथा सुविधाहरू प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *