ट्राङ्लोबाट ईसेवा मनी ट्रान्सफरमार्फत नेपालमा रकम पठाउन सकिने
काठमाडौँ । ईसेवा सेवा मनी ट्रान्सफर र विश्वका अधिकांश देशमा शाखा सञ्जाल रहेको मलेसियाको रेमिट्यान्स् कम्पनी ट्राङ्लोबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ ।
यस सम्झौतासँगै मलेसियालगायत ट्राङ्लोको नेटवर्क रहेका मुलुकहरूमा रहेका नेपालीहरूले ईसेवा मनी ट्रान्सफर मार्फत सरल र भरपर्दो माध्यमबाट नेपाल पैसा पठाउन सकिनेछ ।
साथै नेपालमा रहेका इसेवा मनी ट्रान्सफरका ८ हजार भन्दा धेरै एजेन्टमार्फत पैसा पाउन सकिनेछ ।
साथै ५० लाखभन्दा बढी प्रयोगकर्ताहरू रहेको ईसेवा वालेटमा ट्राङ्लोका नेटवर्क मार्फत आएको रेमिट्यान्स् लोड गर्दा ७७ रुपैयाँको वालेट बोनस प्राप्त हुने ईसेवाले जनाएको छ । यसका साथै, सिधै बैंक खातामा पनि रेमिट्यान्स प्राप्त गर्न सकिने पनि ईसेवाले जनाएको छ ।
विश्वका १२८ देशमा सञ्जाल स्थापना गरेको ट्राङ्लोको हाल १३०० वटा पे आउट पार्टनर्सहरु रहेका छन् भने यसका प्रमुख कार्यालयहरू क्वालालम्पुर, लण्डन, जकार्ता, युनाइटेड अरब इमिराट्स, र सिङ्गापोरमा रहेका छन् ।
ईसेवा मनी ट्रान्सफरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट ईसेवा वालेट प्रयोगकर्ताहरुको र ६५ भन्दा बढी बैंक खातामा विप्रेषण रकम भित्र्याउँदै आएको छ ।