गोरखाबाट १५ किलो चरेस सहित महिला पक्राउ
पोखरा । गोरखामा लागुऔषध चरेससहित एक महिला पक्राउ परेकी छन् ।
अजिरकोट गाउँपालिका ५ चनौटेबाट १५ किलो दुईसय ग्राम चरेससहित लाप्राककी कोपीला गुरुङलाई पक्राउ गरिएको हो ।
बुधबार राती २ बजे लाप्राकबाट गोरखातर्फ फर्कँदै गरेको बा २० च ९३३२ नम्बरको जीपमा चेकजाँच गर्दा पहेंलो बोराभित्र पोलिथिन प्लास्टिकको झोलामा चरेस ल्याएको भेटिएको हो ।
‘रातीको समयमा फेला परेका हौं । छेपेटारका चामल व्यापारी चामल बेच्न गएका बेला सोही गाडीमा ति महिलाले चरेस लिएर आएको देखियो,’ डीएसपी प्रकाश दाहालले भने, ‘महिला लाप्राकमा होटल सन्चालक हुन् ।
चामल बेचेर फर्किने बेला उनले म पनि जान्छु भनेर आएकी रहिछन् ।’ यसअघि गाडीवाला र महिलाबीच कुनै सम्पर्क नभएकोले चरेस ओसारपसारमा समेत कुनै संलग्नता नदेखिएको दाहालले बताए । ‘महिलालाई कानूनबारे केही ज्ञान छैन । आफ्नै जमिनमा गाँजा उम्रेको र उनले चरेस बनाएको देखियो ।
पछि घरमा छापा मार्दा उनको घरबाट अलिकति गाँजा र जोख्ने मेसिन फेला पा¥यौं,’ दाहालले भने, ‘औषधीको रुपमा गाउँभरी बनाउने रहेछन् ।
प्रारम्भिक अनुसन्धानबाट अरु कोही दोषी देखिएनन् । नेक्ससबारे भने अनुसन्धान जारी छ ।’ काठमाडौंबाट केही टोली चरेस लिन आएको हुन सक्ने र उनीहरुसँग महिलाको सामान्य सम्पर्क हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
उनीविरुद्ध लागु औषध मुद्धामा म्याद थप गरी अनुसन्धान अघि बढाईएको छ ।