टी-ट्वेन्टी विश्वकप

पाकिस्तानलाई पराजित गर्दै अस्ट्रेलिया फाइनलमा

काठमाडौँ । टी-ट्वेन्टी विश्वकपको सेमिफाइनलमा पाकिस्तानलाई पराजित गर्दै अस्ट्रेलिया फाइनल प्रवेश गरेको छ । पहिलो ब्याटिङ गर्दे पाकिस्तानले दिएको १७७ रनको लक्ष्य अस्ट्रेलियाले ६ बल बाँकी हुँदै ५ विकेट गुमाएर पुरा गर्‍यो ।

अस्ट्रेलियाको जितमा म्याथ्यु वेड र मार्कुस स्टोइनिसले छैटौँ विकेटका लागि ८१ रनको अविजित साझेदारी गरेपछि पाकिस्तान स्तब्ध बन्यो । त्यसअघि डेभिड वार्नरले ४९ तथा मिचेल मार्शले २८ रनको योगदान दिएका थिए । ९६ रनमा पाँच विकेट गुमाएर पाकिस्तान तर्फ खेल ढालेपनि स्टोइनिस र वेडले पाकिस्तानलाई निराश पारे । पाकिस्तानका लागि सदाब खानले ४ तथा सहिन सा अफ्रिदिले १ विकेट लिएका थिए ।

बिहीबार दुबईमा भएको खेलमा टस हारेर पहिलो ब्याटिङ गर्दै पाकिस्तानले २० ओभरमा ४ विकेट गुमाएर १७६ रन बनाएको थियो । पहिलो ब्याटिङ गर्दै पाकिस्तानले राम्रो सुरुवात गरेपनि अन्तिममा भने उसले सोचेअनुरुप स्कोर बनाउन सकेको थिएन । पाकिस्तानलाई गतिलो सुरुवात दिने क्रममा मोहम्मद रिजवान र बाबर अजामले पहिलो विकेटका लागि ७१ रनको साझेदारी गरेका थिए ।

कप्तान अजाम ३४ बलमा ३९ रन बनाएर आउट हुँदा रिजवानले ५२ बलमा ६७ रन बनाएका थिए । आसिफ अली गोल्डेन डकआउट हुँदा सोइब मलिक पनि १ रनमानै आउट भए । यद्यपि फखर जमामले भने विस्फोटक इनिङ खेले । उनले अन्तिम ओभरमा २ छक्का प्रहार गर्दै टीमलाई १७६ रन बनाए । उनले ३२ बलमा ५५ रनको सानदार अर्धशतकीय इनिङ खेले । अस्ट्रेलियाका लागि मिचेल स्टर्कले २ विकेट लिँदा एडम जाम्पा र प्याट कुमिन्सका नाममा समान १-१ विकेट रह्यो ।

फेरि एकपटक पाकिस्तान नकआउट चरणमा अस्ट्रेलियाको चुनौती पूरा गर्न असफल भएको छ । यो सँगै अब अस्ट्रेलियाले उपाधिका लागि न्युजिल्यान्डको सामना गर्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *