स्पेनको कठिन जित, पोर्चुगल रोकियो

काठमाडौँ । फिफा विश्वकप कतार २०२२ को युरोपियन छनोटमा स्पेनले कठिन जित निकाल्दा पोर्चुगल बराबरीमा रोकिएको छ । समूह ‘बी’ को खेलमा स्पेनले ग्रिसमाथि उसकै मैदानमा १-० को झिनो जित निकालेको हो ।

स्पेनको जितमा खेलको २६औँ मिनेटमा पाब्लो सारावियाले पेनाल्टीमार्फत गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । स्पेनको यो जितपछि समूह बी मा १६ अंक भएको छ भने समूहमा शीर्ष स्थानमा रहेको छ । त्यस्तै ग्रिसको ८ खेलमा ७ अंक रहेको छ र समूहमा चौथो स्थानमा रहेको छ ।

समूह ‘ए’ को खेलमा १० खेलाडीमा समेटिएको पोर्चुगल घरेलु टोली आयरल्यान्डसँग गोलरहित बराबरीमा रोकिएको छ । यस खेलमा पेपेले खेलको ८१औँ मिनेटमा दोहोरो पहेँलो कार्ड पाएपछि मैदानबाट बाहिरिएपछि पोर्चुगल १० खेलाडीमा सीमित भएको थियो ।

यो बराबरीपछि पोर्चुगलको ७ खेलमा १७ अंकसहित समूहमा शीर्ष स्थानमा रहेको छ । त्यस्तै आयरल्यान्डको ७ खेलमा ६ अंक भएको छ र समूहमा चौथो स्थानमा रहेको छ । अब विश्वकप छनौट अन्तर्गत पोर्चुगलले सर्बियाविरुद्ध नोभेम्बर १५ खेलमा खेल्दै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *