आईएमई लाइफ इन्स्योरेन्सको शाखा पुनर्वास नगरपालिकामा
काठमाडौं । आईएमई लाईफ इन्स्योरेन्स लिमिटेडको पुनर्वास नगरपालिकामा नयाँ शाखा बिस्तार गरेको छ ।
कम्पनीका क्षेत्रिय प्रबन्धक सुमन तिमिल्सिनाले पुनर्वास नगरपालिकका मेयर जीवनराज थापाको प्रमुख आतिथ्यमा आईएमई लाइफ इन्श्योरेन्स कम्पनीको नयाँ शाखा विस्तार गरेका हुन् ।
मेयर थापाले बीमा सम्बन्धी जागरण अभियानमा आईएमई लाइफ इन्स्योरेन्स कम्पनीलाई सदैव सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका हुन ।
त्यस्तै उद्घाटनका क्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयालले कम्पनीका भावी योजना, आधुनिक प्रविधिद्वारा प्रदान गरिने सुविधाका सम्बन्धमा र सुदुर पश्चिमका जनमानसमा जीवन बीमाको पहुँच तथा जागरुकताको लागि सो शाखा बिस्तार कोसेढुंगा रहने बिचार व्यक्त गरेका छन् ।
उक्त शाखाबाट सुदुर पश्चिम तथा खास गरी पुनर्वास नगरपालिकाका बासिन्दाहरुलाई सहज रुपमा आईएमई लाईफ इन्स्योरेन्सले प्रदान गरिरहेको जीवन बीमा सम्बन्धि बिभिन्न सेवाहरु अझैसुदृढ र सक्षम हुने कुरामा कम्पनी बिश्वस्त रहेको सुदुर पश्चिमका क्षेत्रिय प्रबन्धक सुमन तिमिल्सिनाले बताए ।