प्रधान न्यायाधीशलाई सर्वोच्च छिर्न नदिन वकिलहरू धर्नामा (तस्बिरहरू)

४ जना पक्राउ

काठमाडौँ । नेपाल बार एशोसिएशनका पदाधिकारीहरूले प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च अदालत छिर्न नदिने भएका छन् । त्यसका लागि उनीहरू सर्वोच्चको गेटमा धर्नामा छन् ।

वकिलहरूले प्रधान न्यायाधीश जबराको राजीनामाकाे माग गर्दै प्रदर्शन गरेको झन्डै दुई हप्ता भइसकेको छ । त्यसपछि पनि प्रधान न्यायाधीश जबराले राजीनामा नदिएपछि बारले थप सशक्त आन्दोलन गर्ने घोषणा गरिसकेको छ । यही आन्दोलनअन्तर्गत वकिलहरू धर्नामा बसेका हुन् ।

प्रन्या समर्थित ४ जना पक्राउ

प्रधान न्यायाधीश जबराको समर्थनमा र बारको विरोधमा प्रदर्शन गर्न आएका ४ जना पक्राउ परेका छन् । तारा बरालसहितका ४ जनालाई प्रहरीले सर्वोच्चको गेटनजिकैबाट पक्राउ गरेको हो ।

वकिलहरू र बराल समूहसँग केहीबेल ठेलमठेलासमेत चलेको थियो । त्यसपछि उनीहरूलाई प्रहरीले तितरबितर पारेको थियो । यसपछि अहिले स्थिति सामान्य छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *