भामको चलचित्र ‘चिसो वर्ष’लाई २.५ मिलियन डलर फन्ड
काठमाडौँ । निर्देशक मीनबहादुर भामले निर्माण गर्न लागेको चलचित्र ‘अ इयर अफ कोल्ड’ (चिसो वर्ष) ले ताइवानको एक संस्थाबाट ठुलो रकमको फन्ड प्राप्त गरेका छन् । उनको चलचित्रले ताइवानको प्रतिष्ठित संस्था ताइपेई फिल्म कमिसनबाट २.५ मिलियन डलरको फन्ड प्राप्त गर्ने भएको हो । अक्टोबर २५ मा अ इयर अफ कोल्डलाई उक्त फन्ड प्रदान गरिने घोषणा कमिसनले गरेको हो ।
यसअघि समेत यस चलचित्रको स्क्रिप्टका लागि भाम १ सय १४ वटा आवेदनलाई पछि पार्दै १० हजार अमेरिकी डलरको ‘एसियन सिनेमा फन्ड’ मा छानिएका थिए ।
त्यस्तै स्विट्जरल्यान्डको लोकार्नो फिल्म फेस्टिभलमा ६ हजार युरो (करिब ८ लाख २१ हजार रुपैयाँ) जितेको थियो । तयार भई नसकेको यो चलचित्रले एक तिब्बती महिला (पेमा)ले श्रीमान खोजीका लागि गर्ने संघर्षको कथा बोलेको छ ।
भामले निर्देशन गरेको चलचित्र ‘कालो पोथी’ले यसअघि कयौँ अन्तरराष्ट्रिय अवार्ड जितेको छ ।