खुकुरी रमको नयाँ प्याकेजिङ सार्वजनिक
मकालु खबर
२०७८ कार्तिक २६ गते
काठमाडौँ । खुकुरी रमले आफ्नो नयाँ प्याकेजिङ(प्याक) सार्वजनिक गरेको छ ।
शुक्रबार कोभिड संक्रमणको जोखिमलाई ध्यानमा राखी काठमाडौँमा एक समारोहका बीच नयाँ प्याक सार्वजनिक गरिएको हो ।
कम्पनी स्थापनाको ६२औँ वर्षमा समयको माग र ग्राहकको अपेक्षालाई समेत ध्यानमा राखी कम्पनीले आफ्नो प्याकेजिङ परिवर्तन गरी वातावरणमैत्री रुपमा बजारमा ल्याइएको कम्पनीले बताएको छ ।
प्याकेजिङ परिवर्तन भए पनि ब्लेन्ड र स्वादमा भने कुनै परिवर्तन नगरिएको कम्पनीले जनाएको छ ।
खुकुरी रमको वर्षौदेखिको मौलिक प्याकेजिङलाई ग्राहकको आकांक्षाअनुरुप परिस्कृत गर्दै तयार पारिएको नयाँ प्याकेजिङले स्थानीय र विश्व बजारका ग्राहकहरुको मन जित्ने विश्वास नेपाल डिस्टीलरिजका महाप्रबन्धक शुभाष लामीछानेले व्यक्त गरे ।
खुकुरी रम उत्पादन गर्ने ‘द नेपाल डिस्टीलरिज’ सन् १९५९ मा स्थापना भएको कम्पनी हो ।
मकालु खबर
२०७८ कार्तिक २६ गते
प्रतिक्रिया
सम्बन्धित