माछापुच्छ्रे बैंकले ल्यायो कार्डबिनै एटीएमबाट पैसा झिक्न मिल्ने सेवा

काठमाडौं । माछापुच्छ्रे बैंकले एमबिएल ‘कार्डलेस वीथड्रल’ सेवा सञ्चालनमा ल्याएको छ ।

बैंकिङ्ग क्षेत्रमा विभिन्न ट्रेण्ड सेट गर्दै आइरहेको माछापुच्छ्रे बैकले विशेष गरी डिजिटल बैंकिङ्गमा अनुसन्धान र खोजलाई प्राथमिकता राख्दै नविनतम सेवा र सुविधाहरु आफ्ना ग्राहकहरु माझ सञ्चालन गर्दै आएको छ ।

यसै क्रममा समयसापेक्ष अत्याधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकता दिदै ग्राहकको सुविधालाई मध्यनजर गर्दै तथा डिजिटल बैंकिङ्ग सुविधाहरुलाई हरेक तह र तप्कासम्म पुर्याउने उद्धेश्यले एमबिएल कार्डलेस वीथड्रल सेवा बैंकले सञ्चालनमा ल्याएको हो ।

हाल डेबिट कार्ड प्रयोग गरी एटिएमबाट रकम झिक्दै आएका हाम्रा ग्राहकहरूले अब सहजै मोबाइल बैंकिङ सेवा उपयोग गरी कार्डलेस वीथड्रल अपसनमा गई यस बैंकको एटिएमबाट नगद झिक्न सकिने बैंकले जनाएको छ ।

यस प्रक्रियामा आएको ओटीपी कोड भने गोप्य र सुरक्षित राखी कारोबार गर्न बैंकले आग्रह गरेको छ ।

 

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *