डोनाल्ड र प्रचण्डबीच भेटवार्ता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ ।

उनीहरूबीच नेपाल–अमेरिका सम्बन्धका विविध पक्षबारे छलफल भएको प्रचण्ड सचिवालयले जनाएको छ । लुले यसअघि प्रधान मन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरिसकेका छन् ।

लुले ओलीसँगकाे भेटका क्रममा एमसीसीबारेसमेत जिज्ञासा राखेका थिए । त्यसक्रममा ओलीले सत्तासीन पक्षले आफूसँग कुनै छलफल नै नगरेको बताएका थिए । प्रचण्डसँगकाे भेटमा नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीसँगै प्रचण्डकी स्वकीय सचिव ग‌ंगा दाहाललगायतकाे उपस्थिति थियाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *