एमाले एक्लै चुनाव लड्न सक्षम छ : अध्यक्ष ओली 

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी एक्लै निर्वाचनमा लड्न सक्षम रहेको बताएका छन्। काठमाडौँ महानगरपालिकाले आज यहाँ आयोजना गरेको नेपाल संवत् ११४२ शुभकामना आदानप्रदान कार्यक्रममा उनले एमाले कसैको वैशाखी नटेकेर आफै निर्वाचनमा लड्न सक्षम रहेको बताएका हुन् ।

“हामी आफै निर्वाचन लड्न सक्षम छौँ । आफै जित्छ”, उनले भने । अध्यक्ष ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई देख्न नसक्नेहरू फुटाएको आरोप लगाउँदै एमालेलाई सिध्याउन सबै राजनीतिक दल आए पनि केही फरक नपर्ने बताए ।

“सत्ता गठबन्धनका केही दलले निर्वाचनसम्म सँगै जान्छौँ भनेका छन्”, उनले भने, “तर नेपाली कांग्रेसले त्यसो भनेको हामीले सुनेका छैनौँ । अरू दल कांग्रेसको औँला नसमातेर हिँड्न सक्दैनन् ।”

सो अवसरमा अध्यक्ष ओलीले नेपाल संवतकाे क्यालेन्डरसमेत सार्वजनिक गरे। काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरभित्रका नागरिकलाई सर्वसुलभ सेवा पुर्‍याइरहेको बताए ।

उनले साझा यातायातमा ज्येष्ठ नागरिक र पाँच वर्ष भन्दामुनि बालबालिकालाई निःशुल्क सेवा दिइरहेको जानकारी दिए ।  महानगरका कमिटीका अध्यक्ष निर्मल देउलाले स्थानीय तहको निर्वाचनमा पार्टीलाई विजय गराउने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *