कांग्रेस अधिवेशन : सुर्खेतका चार प्रदेश क्षेत्रमा नेतृत्व चयन

कर्णाली । नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सुर्खेतका चार वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा नयाँ नेतृत्व चयन भएको छ । शनिबार सम्पन्न अधिवेशनले मतदानमार्फत प्रदेशसभा क्षेत्रीय कार्यसमितिको नेतृत्वको टुंगो लगाएको हो ।

सहायक जिल्ला निर्वाचन अधिकृत अधिवक्ता दुर्गाप्रसाद सापकोटाका अनुसार सुर्खेत क्षेत्र नं १ प्रदेशसभा क्षेत्र (क) मा केशर वली, (ख)मा भुपेन्द्र सुवेदी, क्षेत्र नं २ को प्रदेशसभा (क)मा कर्णबहादुर बुढा र (ख)मा तेजबहादुर बस्नेत सभापति पदमा निर्वाचित भएका छन्। अधिवेशनबाट प्रदेशसभा कार्यसमितिका साथै प्रदेश प्रतिनिधिसमेत चयन गरेको छ ।

सहायक निर्वाचन अधिकृत सापकोटाले सोमबार सङ्घीय निर्वाचन क्षेत्रीय अधिवेशन र यही मङ्सिर १० गते जिल्ला अधिवेशन हुने जानकारी दिए । जिल्ला अधिवेशनमा जिल्लाका सात पदाधिकारी र १० महासमिति सदस्य चयन हुनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *