कञ्चनपुरमा एनपी साउँद हाबी, लेखक दुई क्षेत्रमा ‘क्लीन स्वीप’

धनगढी । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत कञ्चनपुरमा भएको क्षेत्रीय अधिवेशनमा दुई निर्वाचन क्षेत्रमा पूर्वमन्त्री रमेश लेखक प्यानल ‘क्लीन स्वीप’ भएको छ ।

क्षेत्र नम्बर १ र २ मा लेखक प्यानल पराजित भएको छ । क्षेत्र नम्बर २ का पूर्वमन्त्री एनपी साउँद प्यानल नै विजयी भएको छ भने क्षेत्र नम्बर १ मा पूर्वसांसद दिवानसिंह विष्ट र नेता साउँदको संयुक्त प्यानल विजयी भएको छ । क्षेत्र नम्बर १ मा साउँद र विष्टबीच चुनावी तालमेल भएको हो ।

साउँद र विष्टबीच वडा अधिवेशनदेखि नै चुनावी तालमेल सुरु भएको कांग्रेस कञ्चनपुरका एक नेता बताउँछन् ।

अहिले क्षेत्र अधिवेशनमा लेखकले निर्वाचन क्षेत्र ३ मा बाहेक अन्यमा आफ्ना उम्मेदवारलाई जिताउन सकेनन् । क्षेत्र नम्बर ३ उनकै निर्वाचन क्षेत्र हो । यहाँ पनि विष्ट र साउँदको मिश्रित परिणाम आएको छ । नेता लेखक र साउँद दुवैका उम्मेदवारहरू विजयी भएका छन् ।

क्षेत्र नं. ३ बाट महाधिवेशन प्रतिनिधिमा पुरुष खुलातर्फ यज्ञराज जोशी २८२, खगेश्वर बोहरा २७९, बेलबहादुर राना २७४, प्रकाश थापा २७०, पदम बोगटी २५९, आशेफ कुँवर २५३, दिपक सिंह २५०, तारिणीदत्त चटौत २२७, जंग बहादुर चन्द २१८ र वीर बहादुर सुनार २०७ रहेका छन् ।

खुला महिलातर्फ मधुदेवी भारती २७५, रमिता शाही २५१, निलम लेखक २३३ र गंगादेवी जोशी १९४ विजयी भएका छन् । खस-आर्यतर्फ शारदादेवी चन्द ३५४, मथुरा भट्ट पन्त ३२८ र सन्तोषी ऐरी ३०६ विजयी भएका छन् ।

यसैगरी दलित महिलातर्फ प्रमिला जैरु ३०७ र दलित पुरुषतर्फ रमेश दयाल २७८ विजयी भएका छन् । थारुतर्फ जंगबहादुर चौधरी ३१२ विजयी भए ।

खस-आर्य पुरुषतर्फ गोपालदत्त भट्ट ३०६, दिवाकर पाण्डेय २९८, शंकरबहादुर चन्द २५८ र टेकबहादुर कठायत २५८ तथा समावेशीतर्फ बेदप्रसाद चौधरी १२२ विजयी भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *