विष्णु पौडेलले गरे पदाधिकारीको अन्तिम सूची प्रिन्ट‚ अध्यक्षबाहेक अरुमा खाली !

चितवन । नेकपा (एमाले)का संगठन विभाग प्रमुख एवम् उपमहासचिव विष्णु पौडेलले पदाधिकारीसँगै ३०१ केन्द्रीय सदस्यको सूचीको अन्तिम प्रिन्ट गरेका छन् ।

होटल पार्क सफारीको सोधपुछ कक्षमा प्रिन्ट गर्दैगर्दा गरिएको ‘यो अन्तिम प्रिन्ट हो?’ भन्ने प्रश्नमा उनले भने, ‘अन्तिम हुनसक्छ ।’

उनले प्रिन्ट गरेर बोकेको पानामा अध्यक्षमा केपी शर्मा ओलीको नाम देखिन्छ भने त्यस तलका पदाधिकारीमा पदमात्र उल्लेख गरेर नामको कोलममा खाली राखिएको जस्तो देखिन्छ ।

No description available.

उक्त स्थानमा हातैले नाम लेखेर बन्दसत्रमा पेश गर्ने सम्भावना रहेको नेताहरूले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *