एमाले छोड्नु जायज थियो भन्ने चितवनमा पुष्टि भइरहेको छ : नेपाल

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेले चितवनमा कुम्भ मेला प्रदर्शन गरेको टिप्पणी गरेका छन् ।

राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालले काठमाडौँमा गरेको कार्यक्रममा अध्यक्ष नेपालले फरक मत राख्नेहरूमाथि चितवनमा भएको अत्याचारले आफूहरुले नेकपा एमाले छोड्नु जायज थियो भन्ने पुष्टि भएको पनि बताए ।

फरक मत राख्नेलाई अत्याचार गर्ने कुनै ठाउँ नदिने र पेल्ने घटनाक्रम अहिले चितवनमा प्रस्तुत भइरहेको नेपालको भनाइ छ ।

उनले नेकपा एमाले दक्षिण पन्थी भासमा भासिएको बताउँदै नेकपा एमाले कम्युनिस्ट पार्टी हुन नसक्ने तर्क गरे ।

अध्यक्ष नेपालले लोकतन्त्रमा विश्वास गर्ने पार्टीहरूबीच गठबन्धन भएको बताउँदै आफूहरूको यात्रा समानता र एकताको यात्रा भएको जिकीर गरे । समाजबाट भेदभाव हटाउन संघर्ष गर्नुपर्ने, समाजमा रहेको छुवाछुतलगायतका कुसंस्कारलाई हटाउन पहल गर्नुपर्ने अध्यक्ष नेपालको भनाइ छ ।

अध्यक्ष नेपालले समाजमा भएका अन्याय अत्याचारविरुद्ध लड्न आफ्नो पार्टी स्थापाना भएको बताउँदै राजनीतिक क्षेत्रमा परिवर्तन भएपनि अन्य क्षेत्रमा परिवर्तन बाँकी रहेकाले देशको आमूल परिवर्तनमा सांस्कृतिककर्मीको भूमिका महत्वपूर्ण हुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *