कांग्रेस केन्द्रीय सदस्यमा गंगा सुनारले उम्मेदवारी दिने

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा काठमाडौँकी नेतृ गंगा सुनारले उम्मेदवारी दिने भएकी छन् । कांग्रेसको १४औँ महाधिवेशनमा उनले दलित महिलातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको बताइन् ।

‘पार्टीमा दलित महिलाको प्रतिनिधित्व हुने व्यवस्था छ । ‘मैले लामो समयदेखि दलित समुदायको हक, हित र सशक्तीकरणका लागि र पार्टीका संगठनमा पनि बसेर पनि काम गरिसकाले आसन्न महाधिवेशनबाट पार्टीको केन्द्रीय राजनीतिमा आफूलाई उभ्याउने तयारी गरेकी छु‚’ उनले भनिन् ।

बुढानिलकण्ठ नगरपालिका-७ की ३७ वर्षीया सुनार समाजशास्त्र र राजनीति शास्त्रमा स्नातक हुन् । काठमाडौँमा नेता प्रकाशमान सिंहसँग निकट उनी काठमाडौँ क्षेत्र नं. ५ बाट दोस्रो पटक महाधिवेशन प्रतिनिधि चुनिएकी छन् । उनी हाल काठमाडौं दलित संघकी अध्यक्षसमेत हुन् ।

०६२ सालमा कांग्रेसको इकाई समिति सदस्य भएर काम गरेकी सुनार दलित संघको साधारण सदस्य भएदेखि निरन्तर सक्रिय छन् । ०६० सालमा संघको जिल्ला सदस्य भएकी उनी ०६४ मा सहसचिव, ०६७ सालमा सचिव, ०७० सालमा पुनः सचिव भएर काम गरेपछि ०७४ सालमा संघको जिल्ला अध्यक्ष बनेकी हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *