‘इन्फी किताब कार्निवल’ पुस्तकहरूमा ८० प्रतिशत छुट

काठमाडौँ । नेपालमा पठन संस्कृतिको विकास गर्ने उद्देश्यले दोस्रो पटक ‘इन्फी किताब कार्निवल २०७८’ आयोजना गरिएको छ । नेपाली अनलाइन किनमेल साइट इन्फी स्टोरले इन्फी किताब कार्निवल २०७८ अभियान आजदेखि सुरु गरेको हो ।

यो अभियानले पढ्ने बानीको महत्वलाई प्रचारप्रसार गर्ने तथा प्रत्येक पाठकलाई आफ्नो पठन यात्रा सुरु गर्न प्रोत्साहन गर्ने विश्वास इन्फीले लिएको छ ।

यहि अवसरमा इन्फीले एक लाखभन्दा बढी किताबहरू सुपथ मूल्यसहित ८० प्रतिशत छुटसम्म उपलब्ध गराउने जनाएको छ ।

सुपथ मूल्य र ८० प्रतिशत सम्मको छुटसँगै ग्राहकले हरेक दिन विभिन्न उपहार पनि जित्ने मौका पाउने इन्फीले जनाएको छ । त्यसैगरी किताब खरिद गर्दा प्रभु पे, खल्ती र सनराइज बैंकको कार्ड प्रयोग गर्दा ग्राहकहरूले क्यासब्याक पनि प्राप्त गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *