स्प्राइटद्वारा चार विजेतालाई बजाज पल्सर हस्तान्तरण

काठमाडौँ । लोकप्रिय लेमन-लाइम पेय पदार्थ स्प्राइटको ‘स्क्रिन टाइम प्रमोसनल अभियान’अन्तर्गत ‘चिलिंगको स्टार्ट, मोबाइल र स्प्राइटको साथ’ शीर्षकको क्याम्पेनको समापन भएको छ ।

समापनको अवसरमा स्प्राइटले ४ जना विजेताहरूलाई एक-एकवटा बजाज पल्सर (१२५ सीसी) मोटरसाइकल हस्तान्तरण गरेको छ ।

बोट्लर्स नेपालका च्यानल मार्केटिङ म्यानेजर सुमित दास र हंसराज हुलासचन्द एन्डको प्रालिका असिस्टेन्ट जनरल म्यानेजर पुनम सिंहले टेकुस्थित बजाज शोरुममा विजेताहरूलाई मोटरसाइकल हस्तान्तरण गरेका हुन् ।

त्यसैगरी विराटनगर, चितवन र हेटौँडाका विजेताहरूलाई पनि चाँडै मोटरसाइकल हस्तान्तरण गरिने कम्पनीले जनाएको छ ।

त्यस्तै यस कार्यक्रमका बाँकी ५ जना विजेताहरुलाई ४३” को सामसङ टीभी र २६३ जना विजेताहरूलाई सामसङ मोबाइल पनि प्रदान गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *