महामन्त्री पदमा उठ्ने तयारीमा रेखा थापा

काठमाडौँ । अभिनेत्री रेखा थापाले राप्रपाको महामन्त्री पदमा उठ्ने तयारी गरेकी छन् । त्यस्तै कमल थापा र राजेन्द्र लिङ्देन अध्यक्ष पदमा उठ्ने तयारीमा छन् ।

आजदेखि काठमाडौँमा सुरु भएको महाधिवेशनमा उम्मेदवारी दर्ता कार्यक्रम बिहीबार हुनेछ ।

लिङ्देन पक्षबाट उनी महामन्त्री पदमा उठ्ने तयारीमा छिन् । महामन्त्रीमा रेखासहित लिङ्देन पक्षबाटै गोविन्द खनिया र धवल शमशेर राणा पनि आकाङ्क्षी छन् ।

बिहीबार उम्मेदवारको मनोनयन दर्ता र निर्वाचन हुने कार्यक्रम छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *