पार्टीलाई विधि र पद्धतिमा हिँडाउन अन्तिमसम्म प्रयास गरेँ : रावल

काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले पार्टीलाई विधि पद्धतिमा हिँडाउन आफूले गरेको अठोटअनुसार प्रयास गरेको बताएका छन् ।

चितवनमा सम्पन्न एमालेको दसौँ महाधिवेशनमा अध्यक्ष पदमा केपी शर्मा ओलीसँग पराजित रावलले ट्वीटरमा पार्टीलाई सिद्धान्त, विधि, पद्धति र राष्ट्रिय हित अनुकूलको बाटोमा हिँडाउन आफू अन्तिमसम्म प्रयास गरेको उनले बताए ।

‘एमाले पार्टीलाई सिद्धान्त, विधि, पद्धति र राष्ट्रिय हितअनुकूलको बाटोमा हिँडाउन मैले अन्तिमसम्म प्रयास गर्ने अठोट गरेअनुसार महाधिवेशनमा आवाज उठाउनुका साथै अध्यक्ष पदमा उम्मेदवारी दिएको हुँ‚’ उनले लेखेका छन्‚ ‘मलाई साथ, समर्थन, सहयोग, मत र उत्साह दिने सबैलाई हार्दिक धन्यवाद दिँदै कृतज्ञता प्रकट गर्दछु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *