सलाह चम्कदा लिभरपुलको फराकिलो जित
मकालु खबर
२०७८ मंसिर १६ गते
काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले एभर्टनमाथि शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा लिभरपुलले एभर्टनलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।
लिभरपुलको जितमा मोहम्मद सलाहले २ गोल गरेका थिए भने जोर्डन हण्डरसन र डिएगो जोटाले एक एक गोल गरेका थिए । त्यस्तै एभर्टनका लागि एक गोल डेमाराई ग्रेले गरेका थिए ।
यो जितपछि लिभरपुलको १४ खेलमा ३१ अंक भएको छ र लिगमा तेस्रो स्थानमा रहेको छ । त्यस्तै यो हारपछि एभर्टनको १४ खेलमा १५ अंक मात्र रहेको छ र लिगमा १४औँ स्थानमा झरेको छ ।
मकालु खबर
२०७८ मंसिर १६ गते
प्रतिक्रिया
सम्बन्धित