‘लाखे’ बनाउँदै सम्राट

काठमाडौँ । सम्राट बस्नेतको निर्देशनमा चलचित्र ‘लाखे’ निर्माण हुने भएको छ । चलचित्रमा सौगात मल्ल, अनुपविक्रम शाही, आर्यन अधिकारी, अर्पण थापा, सुशील सिटौला, विजय बराल, सुनिल थापालगायतका कलाकारको अभिनय रहने छ भने केही कलाकार अडिसनमार्फत छनोट गरिने तयारी छ ।

अडिसनमार्फत करिब आधा दर्जन चरित्रका लागि कलाकार छनोट गरिने निर्माण टिमले बताएको छ । ग्लोबल मिडिया एन्ड रिसर्च सेन्टर प्रालि र औरियन प्रोडक्सन प्रालिको ब्यानरमा निर्माण हुने चलचित्रका निर्माता सिजन अर्याल हुन् ।

कथा समेत निर्माता अर्यालकै रहेको चलचित्रको प्रस्तुत कर्तामा गणेश मल्ल ठकुरी रहेका छन् । चलचित्रको छायांकन पुसबाट सुरु गरिने जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *