८ प्रतिशत नबिल डिबेन्चर, २०८५ सूचीकरण सम्झौता

काठमाडौं । नबिल बैंक लिमिटेड र नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) बीच ८ प्रतिशत नबिल डिबेन्चर २०८५ को क्रमसंख्या १ देखि २२,०७,१०८ सम्म अंकित तथा चुक्तामूल्य एक हजार रुपैयाँ कायम भएको कुल २२,०७,१०८ कित्ताथान ऋणपत्र सूचीकरण गर्ने सम्झौता भएको छ ।

सम्झौतामा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह र नेप्सेको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत निरञ्जन फुँयालले हस्ताक्षर गरेका छन् ।

बैंकले हिमालयन क्यापिटल लिमिटेड (धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक कम्पनी) मार्फत बिक्रीका लागि मिति गत साउन १० गते आह्वान गरी साउन ३१ गते बाँडफाँट गरेको थियो ।

सूचीकृत ८ प्रतिशत नबिल डिबेन्चर २०८५ (NBLD85)  को दोश्रो बजारको कारोबार भोलि मिति २०७८\०८\१६ देखिबाट नेप्सेमा शुरू हुनेछ । सात वर्ष अवधि रहेको यस डिबेन्चरको भुक्तानी २०८५ साउन ३० गते हुनेछ ।

नबिल बैंकको तर्फबाट यस डिबेन्चर कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी र रोक्का राख्ने लगायतका डिबेन्चरवालाहरूको लगत अद्यावधिक गरी राख्ने लगायतका रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडसँग डिबेन्चर रजिष्ट्रार सम्झौता समेत गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *