कांग्रेसकाे प्रदेश १ अधिवेशनमा सभापतिका उम्मेदवार छान्नै सकस

विराटनगर । दिउँसो २ बजेलाई बोलाइएको नेपाली कांग्रेस प्रदेश १ को प्रदेश अधिवेशन नेतृत्वको बिषयमा कुरा मिल्न नसक्दा ढिलो भएको छ । प्रदेशको सभापति कसलाई बनाउने भन्ने बारे दुई समुह (देउवा र कोइराला)का सभापतिका आकांक्षी धेरै भएपछि कार्यक्रम बिलम्ब भएको हो । तर दुई समूह बीचको लामो रस्साकस्सीका बिच दुबै समूहले उम्मेदवार टुंगो लगाएका छन् । नेपाली कांग्रेसको १४ औँ महाधिवेसन अन्तरगत प्रदेश १ को सभापतिमा गुरुराज घिमिरे र उद्धव थापाबीच प्रतिस्पर्धा हुने देखिएको छ । कोइराला पौडेल प्यानलबाट उम्मेद्वारको अन्तिम नामावली टुंगो लागि नसके पनि सभापतिका उम्मेद्वार शेखर कोइरालाले गुरुराज घिमिरेलाई उम्मेद्वार बनाउन चाहेपछि थापा र घिमिरेबीचमा प्रतिस्पर्धा हुने देखिएको हो ।

बिहीबार दिउँसो उम्मेद्वार बनाउने बिषयमा भएको बैठकमा शेखरले घिमिरेलाई सभापति बनाउनु पर्ने अडान राखेका थिए । कोइराला निवासमा भएको वैठकमा सहभागिका अनुसार शेखरले घिमिरेलाई प्रदेशको सभापति बनाउनुपर्ने अडानमा शेखर कोइरालाको छ । प्रदेश १को सभापतिको रुपमा नेपाली कांग्रेस प्रदेश १ संसदीय दलका नेता राजिव कोइरालाले पनि यस अघि नै उम्मेद्वारी घोषणा गरिसकेको भए पनि शेखर कोईरालाले घिमिरेलाई अघि सारेपछि उनी बैठकबाट बाहिरिएका थिए । कार्यकर्ता भने प्रदेश सभापतिमा राजिव कोइराला नै हुनुपर्ने बताउँदै आएका छन् ।

शेखरले राजिवभन्दा गुरुराजलाई रोजेपछि राजिव उम्मेद्वार बन्ने सम्भावना कम भएको छ ।

संस्थापन इतरका प्रदेशका नेताहरुले गुरुराजलाई भन्दा राजिब कोइराला बलिया उम्मेदवारका रुपमा रहेको उनी निकटका नेता कार्यकर्ता बताउँछन् । सस्थापन पक्ष देउवा सिटौला पक्षले झापाका उद्धव थापालाई सभापतिको उम्मेदवार बनाउने तयारी गरेका छन् । थापाले कांग्रेसलाई बदलिँदो परिवेशमा लोकतान्त्रिक मूल्य मान्यतासहित दर्बिलो रूपमा अघि बढाउन आफू उमेदवार बन्न लागेको बताएका छन् । पौडेल–कोइराला समूहबाटै सभापतिको दौडमा लागेका युवा नेता गुरुराज घिमिरेले आफ्नो नेतृत्वमा कांग्रेस अघि बढ्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *