अधिवेशन लगत्तै निर्वाचनमा केन्द्रित हुन देउवाको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनमा केन्द्रित हुन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् ।

कांग्रेसकोपहिलो प्रदेश अधिवेशनको बिहीबार भर्चुअल रुपमा उद्घाटन गर्दै देउवाले केही महिनाभित्रै पालिकाको र एक वर्षभित्र संघ र प्रदेशको निर्वाचन हुने स्मरण गराउँदै पार्टीको अधिवेशनलगत्तै चुनावतर्फ केन्द्रित हुन निर्देशन दिएका हुन् ।

पार्टीभित्रको चुनावमा हार, जितलाई स्वाभाविक रुपमा लिनुपर्ने बाँकी तीनै तहका चुनाब जित्ने गरि सबै मिलेर लाग्नुपर्नेमा जोड दिए । ‘हामी केही महिनाभित्रै स्थानीय तहको निर्वाचन, एक वर्षभित्र संघ र प्रदेशको निर्वाचनमा जाँदैछौं । त्यसैले पनि अधिवेशनलगत्तै हाम्रो ध्यान चुनावतर्फ केन्द्रित हुनुपर्दछ । हाम्रा आन्तरिक चुनावमा हुने जित, हार एउटा स्वाभाविक प्रक्रिया हो । लोकतान्त्रिक अभ्यास हो । त्यसैले तपाईंहरुले आन्तरिक प्रतिस्पर्धालाई लोकतान्त्रिक अभ्यासको रुपमा लिएर आगामी दिनमा जनताको विश्वास जित्नेगरी चुनावमा केन्द्रित हुनुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।’ उनले भने ।

प्रदेश अधिवेशनमा कांग्रेसलाई थप सशक्त र बलियो बनाएर जनताको मन जित्ने रणनीति बनाउने विषयमा पनि छलफल गर्न  पनि प्रधानमन्त्री देउवाले आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *