राप्रपा महाधिवेशन : लिङ्देन प्यानल तयार, विक्रम पाण्डेदेखि रेखा थापासम्म

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा उम्मेदवारी दिएका राजेन्द्र लिङदेनले बाँकी पदाधिकारीमा आफ्नो प्यानलका उम्मेदवार तय गरेका छन् । चार उपाध्यक्ष र महामन्त्री पदमा उनको पक्षबाट लड्ने उम्मेदवारहरू तय भएका हुन् । एकजना महामन्त्रीमा धवलशमशेर राणाको उम्मेदवारी यसअघि नै तय भइसकेको थियो ।

यो समूहबाट उपाध्यक्षमा विक्रम पाण्डे, दिलविकास राजभण्डारी, रामचन्द्र राय र महिला उपाध्यक्षमा लीला श्रेष्ठ उम्मेदवार बन्ने तय भएको राप्रपा नेता जीवन पनेरूले जानकारी दिए । यससँगै राप्रपाभित्र प्रभाव राख्ने नेताका रुपमा चिनिने पाण्डे पनि लिङ्देन पक्षमा आएका छन् । यसअघि उनी थापा पक्षमा रहने चर्चा चलेको थियो ।

यसैगरी तीन महामन्त्रीमध्ये बाँकी २ जनामा श्याम तिमिल्सिना र रेखा थापा उम्मेदवार बन्ने भएका छन् । राप्रपामा एक महिलासहित ३ महामन्त्री रहने व्यवस्था छ ।

केन्द्रीय सदस्यको भने तय हुन बाँकी रहेको लिङ्देन पक्षले जनाएको छ ।

अध्यक्षका अर्का आकांक्षी कमल थापाको प्यानलबाट अरु पदमा आधिकारिक रुपमा उम्मेदवार घोषणा भइसकेको छैन ।

हिजोबाट काठमाडौँमा सुरु भएको राप्रपा महाधिवेशनमा भोलि निर्वाचन हुने कार्यक्रम छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *