राप्रपामा कमल थापाको प्यानल पनि तयार, विक्रम पाण्डे दुवैतिर

काठमाडौँ । राप्रपाको नयाँ अध्यक्षमा उम्मेदवारी घोषणा गरेका वर्तमान अध्यक्ष कमल थापाले पनि आफ्नो प्यानलबाट उम्मेदवार हुने नेताको नाम टुङ्गो लगाएका छन् ।

थापा प्यानलबाट उपाध्यक्षमा बुद्धिमान तामाङ‚ ध्रुवबहादुर प्रधान र विक्रम पाण्डे तथा महिला उपाध्यक्षमा रोशन कार्कीको नाम तय गरेको नेता भुवन पाठकले जानकारी दिए ।

यसैगरी महामन्त्रीमा भुवन पाठक, भास्कर भद्रा र कुन्ती शाहीको नाम तय भएको उनले बताए । पाण्डेको नाम दुवै प्यानलले राखेका छन् । यसअघि घोषणा भएको राजेन्द्र लिङ्देनको प्यानलमा पनि पाण्डेलाई उपाध्यक्षको उम्मेदवार राखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *