राप्रपामा विवाद चुलियो, उम्मेदवारी दर्ता अनिश्चित

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रतिनिधि विवादका कारण महाधिवेशनको कार्यतालिका प्रभावित भएको छ । यसले गर्दा प्रतिनिधिको नामावली तथा उम्मेदवारको मनोनयन दर्ता हुन सकेको छैन ।

वर्तमान अध्यक्ष कमल थापा पक्षले बाँके जिल्ला राप्रपा अध्यक्ष तथा रुपन्देही जिल्ला क्षेत्रीय सभापतिको नाम हटाएर आफू निकट प्रतिनिधिको नाम राखेको आरोप अध्यक्षका प्रतिस्पर्धी राजेन्द्र लिङ्देन पक्षले लगाएको छ ।

योसँगै थापा पक्षले एकलौटी रूपमा धुम्बाराहीस्थित पार्टीको केन्द्रीय कार्यालय कब्जा गरी अन्य २३ जिल्लाका प्रतिनिधिको नाम हेरफेर गरेको आरोप लिङ्देन पक्षले लगाएको छ । लिङ्देन पक्षले हेरफेर भएको नामावली पुनः रुजु गर्नुपर्ने भन्दै सहभागी हुने प्रतिनिधिको अन्तिम नामावली समेत प्रकाशन हुन दिएको छैन ।

राप्रपा केन्द्रीय कार्य निर्देशन समिति सदस्य तथा गण्डकी प्रदेश संयोजक हेमजङ्ग गुरुङले प्रतिनिधि विवाद समाधानका लागि छलफल र पहल भइरहेको जानकारी दिए । यसैबीच राप्रपाले आज साढे ११ देखि साढे १ बजेसम्म उम्मेदवारी दर्ताको लागि समय निर्धारण गरेका छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *