माओवादी केन्द्रको केन्द्रीय कमिटीमा थपिए रञ्जित तामाङसहित १२ युवा नेता

काठमाडौँ ।  नेकपा (माओवादी केन्द्र)ले १२ जना युवालाई केन्द्रीय कमिटीमा छनोट गरेको छ । बिहीबार बसेको माओवादी स्थायी कमिटी बैठकले १२ जना नेतालाई केन्द्रीय कमिटीमा पदोन्नति गरेको हो । केन्द्रीय कमिटी छनोट हुने अधिकांश युवा छन् ।

केन्द्रीय प्रतिनिधिको जिम्मेवारी पाउनेमा अखिल (क्रान्तिकारी)का पूर्व नेताहरू रत्न ढकाल, नरेन्द्र न्यौपाने, सन्तोष बिष्ट , रञ्जित तामाङ, सुरेन्द्र बस्नेत, तिलकराज भण्डारी, दीपक देवकोटा, विजय गौतम र उत्तम अधिकारी  रहेका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

उनीहरूमध्ये ढकाल, न्यौपाने, विष्ट र तामाङ क्रान्तिकारीका पूर्वअध्यक्ष हुन् भने बस्नेत, भण्डारी, देवकोटा र गौतम पूर्व उपाध्यक्ष हुन्। अर्का नेता अधिकारी पूर्व महासचिव हुन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी केन्द्रमा २० प्रतिशत युवा भित्र्याउने नीति अनुसार उनीहरूलाई पार्टी केन्द्रमा लाने घोषणा गत असोजमै गरेका थिए ।

माओवादी केन्द्रका अध्यक्ष दाहालका स्वकीय सचिव रमेश मल्लले केन्द्रीय प्रतिनिधिमा लगिएका अन्य तीन जना नेतामा नुवाकोटका श्रीकृष्ण अधिकारी , जाजरकोटका गगन खड्का र रुकुम पश्चिमका पारसमणि रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *