कांग्रेस अधिवेशन : कर्णालीमा मतदान एक घण्टा ढिलो सुरु

सुर्खेत । नेपाली कांग्रेसको कर्णाली प्रदेश प्रथम अधिवेशनमा मतदान सुरु भएको छ । जिल्ला समन्वय समिति सुर्खेत परिसरमा मतदान भइरहेको हो ।

निर्वाचन कार्य तालिका अनुसार दिउँसोको १२ बजेदेखि बेलुकी ५ बजेसम्मका लागि मतदान गर्ने समय तोकिए पनि उम्मेदवारहरूलाई मतपत्र डिजाइनका लागि बोलाइएको समयभन्दा ढिलो उपस्थित भएको तथा मतपत्र छपाइमा ढिलाइ हुँदा मतदान १ घण्टा ढिलो मात्र सुरू भएको निर्वाचन समितिले जनाएको छ ।

मतदान १२ बजे सुरू हुने निर्धारण गरे पनि एक बजेपछि सुरु भएको हो । मतपत्र छपाईमा ढिलाइ भएपछि मतदान समय पछि सारिएको  समितिले जनाएको छ । कांग्रेसको कर्णाली प्रदेशको नेतृत्व चयन गर्न ७ सय ५० जना प्रतिनिधिले मतदान गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *