गुरुराज पराजित भएपछि शेखरले मागे माफी

काठमाडौँ । प्रदेश नं. १ को कांग्रेस सभापतिमा आफूनिकट उम्मेदवार गुरुराज घिमिरे पराजित भएपछि नेता डा. शेखर कोइरालाले माफी मागेका छन् । उनले मतदानस्थलमा उपस्थित भएर पनि मतदान गरेका थिएनन् । उनीसँगै सुजाता कोइराला र महेश आचार्यले पनि मतदान गरेका थिएनन् । यसपछि घिमिरे २ मतले पराजित भए ।

घिमिरेको प्रतिद्वन्द्वी उद्धव थापाले ८४४ मत ल्याएर सभापति बन्दा घिमिरेको ८४२ मत मात्रै ल्याएका थिए ।

घिमिरे पराजित भइसकेपछि नेता कोइरालाले आफूबाट कमजोरी भएको पश्चापात गर्दै माफी मागेका हुन् । ‘कांग्रेस १४औं महाधिवेशनमा प्रदेशसम्म केन्द्रीय नेताहरूले मतदान गर्न पाउने–नपाउने विषय शुरूदेखि नै ‘संशय’ थियो,’ नेता कोइरालाले भनेका छन्, ‘कानुनी परामर्शबाट मतदान गर्दा भविष्यमा जटिलता आउन सक्ने बुझियो । तसर्थ मतदान नगर्नु उपर्युक्त ठानेँ । यसक्रममा मबाट भएको कमजोरीप्रति सचेत रहँदै गल्ती भए क्षमाप्रार्थी छु ।’

आफू पराजित भएपछि घिमिरेले पुनः मतगणना गर्न माग गरेका थिए । यद्यपि कांग्रेसको प्रदेश निर्वाचन समितिले त्यसलाई अस्वीकार गरेकाे छ । समितिले केन्द्रीय निर्वाचन समितिलाई अधिकार सुम्पेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *