कमजोर हुँदै बारको आन्दोलन

काठमाडौँ । प्रधान न्यायाधीशको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले गरेको आन्दोलन कमजोर हुँदै गएको छ ।

प्रधान न्यायधीशको राजीनामा माग गर्दै बारले हरेक दिन बिहान सर्वोच्च परिसरमा धर्ना दिँदै आएको छ । यसअघिको तुलनामा धर्नामा सहभागी हुनेहरूको संख्या पनि घट्दै गएको छ । न्यायाधीशहरू पनि नियमित इजलाशमा जान थालेका छन् भने यसअघि आन्दोलनमा सहभागी वकिलहरू पनि बहसमा सहभागी हुन थालेका छन् ।

नेपाल बारकी उपाध्यक्ष रक्षा बस्यालले प्रधान न्यायाधीशको राजीनामा माग गर्दै निरन्तर सर्वोच्चको गेटमा धर्ना दिइएको बताइन् । उनले अब बारको आन्दोलनलाई सशक्त बनाउने दाबीसमेत गरिन् ।

प्रधान न्यायाधीशको राजीनामाको माग गर्दै कानुन व्यवसायीहरूले गतकात्तिक १४ गतेदेखि निरन्तर रुपमा प्रदर्शन गर्दै आइरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *