प्रकाशमानले पनि स्थापना गरे सम्पर्क कार्यालय

काठमाडौँ । नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका नेता प्रकाशमान सिंहले सम्पर्क कार्यालय स्थापना गरेका छन् । पार्टीको पूर्वमहामन्त्रीसमेत रहेका सिंहले अनामनगरस्थित यलम्बर पार्टी प्यालेसमा सम्पर्क कार्यालयको स्थापना गरेका हुन् ।

सिंहका प्रेस सहयोगी यूपी लामिछानेकाअनुसार भेटघाट तथा संवादका लागि सहज होस् भनेर सम्पर्क कार्यालयको स्थापना गरिएको हो । नेता सिंहले मंगलबार बिहान ८ बजे सोही कार्यालयमा शुभेच्छुक तथा अनुयायीहरूलाई भेट्ने कार्यक्रमसमेत तय भएकाे छ ।

यसअघि सभापतिकै उम्मेदवारी दिने घोषणा गरेका उपसभापति विमलेन्द्र निधिले बानेश्वरमा सम्पर्क कार्यालय स्थापना गरेर महाधिवेशनकेन्द्रित गतिविधि अगाडि बढाएका छन् ।

कांग्रेसकाे १४औं महाधिवेशन मंसिर २४ गतेबाट शुरू हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *