एमाले महासचिवको दाबी:

‘संसद् विघटन गर्नु ओलीको गल्ती होइन’

काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले विगतमा संसद् विघटन गरेर पार्टी अध्यक्ष केपी शर्मा ओलीले गल्ती नगरेको दाबी गरेका छन् । एमालेले राजनीतिक मुद्दालाई जनताका विषयवस्तु बनाउन चाहँदा संसद् विघटन गर्नुपर्ने जरुरी परेको उल्लेख गर्दै उनले यस्तो दाबी गरेका हुन् । ‘नयाँ जनादेशमा जाने फैसला लोकतन्त्रका विरुद्धमा हुँदैन,’ सोमबार काठमाडौँमा भएको अनेरास्ववियुको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनेका छन्, ‘यो सही नै हो । विगतमा पार्टी अध्यक्षले संसद् विघटन गरेर कुनै गल्ती गर्नुभएन ।’

कुनै पनि मुद्दामा राजनीतिक दलले निरुपण गर्न नसके जनतामा जाने विश्वव्यापी मान्यता रहेको उनकाे भनाइ थियाे । ‘र त्याे नै संसदीय प्रजातन्त्रको विशेषता पनि हाे,’ महासचिव पाेखरेलले भने, ‘यसकाे विराेध हुनुहुन्न ।’

त्यस्तो फैसलाविरुद्ध मुद्दा मामिला गर्दै राजनीतिको विषयलाई अदालतमा लैजानेहरू लोकतन्त्रका विरोधी रहेको पनि उनले बताए । भने— ‘किनकी राजनीतिको सर्वेसर्वा राजनीतिक दलहरू हुन्, अदालत होइन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *