संस्थापनइतर पक्षको छलफल सकियो, ‘बेलुका उम्मेदवार तय गर्ने’
मकालु खबर
२०७८ मंसिर २२ गते
काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले जिल्ला र प्रदेश तहका नेताहरूसँग आसन्न १४औं महाधिवेशनबारे छलफल गरेको छ । बत्तिसपुतलीको अनमोल ब्याङ्क्वेटमा भएको छलफलपछि आजै दिउँसो ३ बजेपछि फेरि शीर्ष नेताहरू बसेर उम्मेदवार टुङ्ग्याउने सहमति भएको नेता चन्द्र भण्डारीले जानकारी दिए ।
छलफलमा सहभागी कांग्रेसका जिल्ला र प्रदेश तहका नेताहरूकाे सुझावले आफूहरू उत्साही भएको उनले बताए । अब ३ बजे सिंहनिवास चाक्सिबरीमा सभापतिका उम्मेदवार बन्न चाहने नेताहरूसहित बैठक बस्ने र बेलुकासम्ममा निर्णय गर्ने उनले बताए ।
मकालु खबर
२०७८ मंसिर २२ गते
प्रतिक्रिया
सम्बन्धित