१५ लाख डोज मोडर्ना खोप आज नेपाल आइपुग्ने
मकालु खबर
२०७८ मंसिर २३ गते
काठमाडौँ । कोभ्याक्स सुविधाअन्तर्गत प्राप्त कोरोनाविरुद्धको करिब १५ लाख मोडर्ना खोप बिहीबार नेपाल आइपुग्ने भएको छ । स्वास्थ्य सेवा विभागको आपूर्ति शाखाका वरिष्ठ फार्मेसी अधिकृत डा. बडेबाबु थापाले भोलि १४ लाख ९७ हजार छ सय डोज मोडर्ना खोप आउन लागेको जानकारी दिए ।
यसअघि गत शुक्रबार एक लाख ८८ हजार चार सय डोज मोडर्ना खोप नेपाल ल्याइएको थियो । आज आइपुग्ने मोडर्ना खोप १८ वर्ष मुनिका बालबालिकालाई लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
खोप अभियान सुरु भएदेखि हालसम्म नेपालमा कुल एक करोड ९२ लाख ८५ हजार १९७ मात्रा खोप लगाइएको छ । जसमध्ये एक करोड पाँच लाख चार हजार ७६४ जनाले पहिलो मात्रा र ८७ लाख ८० हजार ४३३ जनाले पूर्ण मात्रा खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मकालु खबर
२०७८ मंसिर २३ गते
प्रतिक्रिया
सम्बन्धित