गण्डकीका मुख्यमन्त्री पोखरेल केन्द्रीय सदस्यका उम्मेदवार
मकालु खबर
२०७८ मंसिर २३ गते
काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने भएका छन् । उनले आफूले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घाेषणा गरेका हुन् ।
पोखरेल त्यसैको तयारीका लागि २ दिन अघि नै काठमाडाैँ आइसकेका छन् । पार्टीभित्र महामन्त्री डा. शशांक कोइरालानिकट मानिने उनी देउवा पक्षको बहुमत हुँदाहुँदै गण्डकीको मुख्यमन्त्री बनेका थिए ।
शालिन स्वभावका पोखरेल निष्ठाको राजनीति गर्ने नेताका रूपमा चिनिन्छन् । उनी अहिले नेताहरूसँग आन्तरिक भेटघाटमा व्यस्त छन् ।
मकालु खबर
२०७८ मंसिर २३ गते
प्रतिक्रिया
सम्बन्धित