सिटाैला भन्छन्- म जहाँ रहन्छु, त्यहीँ रहन्छ कांग्रेस

अभाव, जोखिम र संकटमा मेरो साथमा रहनेलाई म छोड्न सक्दिनँ

काठमाडौँ । नेपाली कांग्रेसको तेस्रो धारको नेतृत्व गरिरहेका नेता कृष्णप्रसाद सिटौलाले आफूलाई अभाव, जोखिम र संकटमा साथ दिने नेताहरूलाई कहिल्यै नछोड्ने बताएका छन् । बिहीबार आफूनिकट नेताहरूको भेलालाई सम्बोधन गर्दै नेता सिटौलाले यस्तो बताएका हुन् । ‘मलाई जसले अभाव, संकट र जोखिममा साथ दिएका छन्,’ नेता सिटौलाले भने, ‘ती साथीहरूलाई म कदापि छाड्न सक्दिनँ ।’

आफूलाई सधैँ साथ दिने नेताहरूलाई स्थापित गराउने काममा आफूले कहिल्यै कञ्जुस्याइँ नगर्ने बाचा नेता सिटाैलाकाे थियाे । ‘मलाई संकटमा जसले साथ दिएकाे छ त्यसलाई उसलाई कहिल्यै छाेड्दिनँ । याे मेराे बाचा भयाे ।’

उनले आफू जहाँ रहन्छन्, त्यहीँ कांग्रेस रहनेसमेत दाबी गरेका छन् । ‘अहंकार गर्‍याे नभन्नुस्,’ नेता सिटौलाले भने, ‘म जहाँ रहन्छु, त्यहीँ नै कांग्रेस रहन्छ ।’

सिटाैलाले आसन्न १४औं महाधिवेशनमा संस्थापन पक्षलाई साथ दिने भएका छन् । १३औं महाधिवेशनमा पनि शेरबहादुर देउवालाई नै साथ दिएका सिटाैलाले यसपटक पनि पुन: देउवालाई नै साथ दिने सम्भावना छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *