गगनकाे अवधारणा- समुन्नत नेपाल, सम्मानित नेपाली

काठमाडौँ । नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनको महामन्त्री पदको प्रत्यासी गगनकुमार थापाले समुन्नत नेपाल, सम्मानित नेपाली’ को अवधारणा अघि सारेका छन् । बिहीबार काठमाडौँमा अवधारणापत्र सार्वजनिक गर्दै थापाले यस्तो अवधारणा सार्वजनिक गरेका हुन् ।

यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा ल्याएका थिए । त्यसलाई चुनौती दिँदै थापाले ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ को अवधारणा सार्वजनिक गरेका हुन् । थापाले यी दुई नाराबीच धेरै भिन्नता रहेको जिकिरसमेत गरेका छन् । ‘समृद्ध नेपालका परिकल्पनाकारले बोलेको भाषणका अन्तरवस्तु हेर्नुस्,’ थापाले भने, ‘पानीजहाज, फराकिलो बाटो, भ्यूटावर, चुच्चे रेल, तर त्यो रेलमा बस्ने मान्छेको अत्तोपत्तो छैन । भ्यू टावर छ, तर त्यहाँबाट भुइँका मान्छे देखिँदैनन् ।’

उनले समुन्नत नेपाल भनेको गन्तव्य नभएर निरन्तरको यात्रा र संकल्प भएको बताए । भोलिका दिनमा वंश, जात र लिङ्गका आधारमा हुने विभेद घट्दै गयो भने देश समुन्नतितर्फ लागेको भन्न मिल्ने उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *