गगनको अवधारणापत्रः

‘नेतृत्वको दम्भले कांग्रेस थला पर्‍याे, याे सुधार्छु’ (पूर्णपाठ)

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षबाट महामन्त्री पदका प्रत्यासी गगनकुमार थापाले नेतृत्वको दम्भले कांग्रेस थला पर्दै गएकाे औंल्याएका छन् । बिहीबार महामन्त्री पदको उम्मेदवारको हैसियतमा अवधारणापत्र सार्वजनिक गर्दै थापाले भनेका छन्, ‘नेतृत्वमा रहने व्यक्तिहरूको दम्भ र महत्वांक्षाको टकरावलाई सैद्धान्तिकीकरण गरिदिने र कालान्तरमा यसैका कारण पार्टीमा द्वन्द्वको विजारोपण हुने अनुचित परम्पराले कांग्रेस थला परेको छ ।’

प्रभावशाली नेताहरूले गरेको निर्णयलाई नै आफ्नो सिद्धान्त मान्दा कांग्रेस बिग्रँदै गएको थापाको विश्लेषण छ । ‘ठूला र प्रभावशाली नेतागणले पार्टीभित्र औपचारिक छलफल नै नगरी जे निर्णय गर्‍याे, यसैलाई नेपाली कांग्रेसको सिद्धान्तको रूपमा व्याख्या गरिदिने अस्वस्थ प्रवृत्तिले जरो गाडेको छ,’ थापाले भनेका छन् ।

थापाले पार्टीभित्र नेतापिच्छेका विचार र सिद्धान्तले पनि कांग्रेसलाई गाँजेको बताएका छन् । ‘यसले कार्यकर्तालाई दिग्भ्रमित त बनाएको छ नै, पार्टी र मुलुकको लोकतान्त्रिक आन्दोलनलाई समेत घरीघरी अपूरणीय क्षति पुर्‍याउने गरेकाे छ,’ थापाको व्याख्या छ ।

उनले अवधारणापत्रमार्फत ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ को अवधारणा अघि सारेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ लाई चुनौती दिँदै ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ को अवधारणा अघि सारेका थापाले भनेका छन्, ‘यी दुई धेरै फरक छ । यसलाई बुझ्नुस् ।’

पूर्णपाठ:



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *