नरहरी भन्छन्- ‘कांग्रेसकै चाल गतिलो भएन’ (भिडिओसहित)

काठमाडाैँ । नेपाली कांग्रेसका नेता नरहरी आचार्यले अहिले राजनीतिक दलहरूको सञ्चालन मितव्ययी हुन नसकेको बताएका छन् । बिहीबार (आज) काठमाडौँमा आयोजित जीवनको पाठशाला सम्झना र सम्बन्ध सार्वजनिक एवम् अन्तरसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै नेता आचार्यले यस्तो बताएका हुन् ।

नेपाली कांग्रेसको चाल पनि उस्तै रहेकाे नेता आचार्यको भनाइ छ । भने— ‘कांग्रेसकै चाल पनि गतिलो भएन ।’ कांग्रेसले पनि चाहेजसरी काम नगरेको टिप्पणी गर्दै आचार्यले भने, ‘संविधानले व्यवस्था गरेकाे कानूनलाई त व्यवस्थित बनानुपर्‍याे, अधिकारलाई त सुनिश्चित गर्नुपर्‍याे । कि त भन्न सक्नुपर्‍याे याे संविधानलाई मान्दैनौँ भनेर । नभए जिम्मेवारी सम्हाल्नुपर्‍याे । म पनि कांग्रेसको सदस्य अझै भइरहेको हुनाले अब यी कामहरूको जिम्मा कांग्रेसले लिनुपर्‍याे ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *