कांग्रेसको निम्तो मान्न चार भारतीय नेता काठमाडौँमा

काठमाडौँ । नेपाली कांग्रेसको महाधिवेशनमा भाग लिनका लागि भारतबाट चारजना नेता नेपाल आइपुगेका छन् ।आजबाट शुरु हुने कांग्रेसको १४ औँ महाधिवेशनमा भाग लिनका लागि छिमेकी मुलुक भारतबाट चार नेता बिशीबार काठमाडौँ आइपुगेका हुन् ।

कांग्रेसका सहमहामन्त्री एवं महाधिवेशनका लागि विदेशी पाहुना स्वागत तथा व्यवस्थापन समितिका संयोजक प्रकाशशरण महतले भारतबाट चार जना नेताहरू काठमाडौँ आइपुगेको जानकारी दिए । उनका अनुसार भारतीय जनता पार्टी (भाजपा) नेता हर्ष बर्धन र तृणमूल कंग्रेस नेता मुकुल रोयसहित ४ जना नेताहरू काठमाडौँ आइपुगेका हुन् ।

अन्य देशका प्रतिनिधिहरूलाई समेत निम्ता गरिएको भए पनि कोभिड-१९ को नयाँ भेरिअन्ट ओमिक्रोनको त्रासका कारण धेरै देशबाट प्रतिनिधि नआउने भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *