एउटै मञ्चमा देखिँदै ओली, प्रचण्ड र नेपाल, के भन्लान् ?

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लामो समयपछि एउटै मञ्चमा उपस्थित हुने भएका छन् । सार्वजनिक मञ्चमै एकअर्काको आलोचना र गालीगलौजमा उत्रने नेताहरू नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन समारोहमा उपस्थित हुने भएका हुन् । यससँगै उनीहरूले के भन्लान् भन्ने चासो पनि बढेको छ ।

एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्ड करिब १ वर्षपछि एउटै मञ्चमा देखिने भएका हुन् । ओली शुक्रबार भने कांग्रेस महाधिवेशनमा सहभागी हुने उनको सचिवालयले जनाएको छ ।

तत्कालीन प्रधान मन्त्री केपी शर्मा ओलीले पुस ५ गते पहिलो पटक प्रतिनिधिसभा विघटन गरेयता ओली र दाहाल एउटै मञ्चमा देखिएका छैनन् । यस्तै लामो समयका सहयात्री ओली र नेपालबीच पनि करिब ५ महिनादेखि भेट भएको छैन ।

लामो समयपछि एकै मञ्चमा देखिन लागेका यी तीन नेताले के भन्लान् भन्ने चासो बढेको छ ।

नेकपा एमालेको दसौँ महाधिवेशनमा नेपाललाई निमन्त्रणा नै गरिएको थिएन भने निमन्त्रणा गरे पनि प्रचण्ड उपस्थित भएनन् । माओवादीका तर्फबाट नेता लीलामणि पौडेलले सम्बोधन गरेका थिए ।

प्रधान मन्त्री शेरबहादुर देउवा भने कार्यक्रममा उपस्थित भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *