एउटै मञ्चमा यति धेरै पूर्वप्रधान मन्त्री मैले पहिलोपटक देखेँ : डा. हर्षवर्द्धन

काठमाडौँ । भारतीय जनता पार्टीका नेता डा. हर्षवर्द्धनले मञ्चमा यति धेरै संख्यामा पूर्वप्रधान मन्त्री कहिल्यै नदेखेको भन्दै आश्चर्य व्यक्त गरेका छन् ।

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै डा हर्षवर्धनले  महाधिवेशनमा उपस्थित भएका नेपालका पूर्वप्रधान मन्त्रीहरूतर्फ लक्षित गर्दै यस्तो बताएका हुन् ।

काठमाडौँस्थित भृकुटीमण्डपमा आयोजित उद्घाटन समारोहमा उनले भारतमा कहिल्यै कुनै मञ्चमा पनि यति धेरै पूर्वप्रधान मन्त्री नदेखेको भन्दै आश्चर्य व्यक्त गरेका हुन् ।

हर्षवर्द्धनको यो भनाइलाई नेपालको राजनीतिक अस्थिरताप्रतिको व्यंग्यको रुपमा पनि हेरिएको छ । विशेषगरी नेपालमा नौ-नौ महिनामा नयाँ सरकार निर्माण हुनाले पनि पूर्वप्रधान मन्त्रीको संख्या धेरै भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *