भाजपाका नेता डा. हर्षवर्द्धन भन्छन्- नेपालको जस्तो राजनीतिक संस्कार विश्वमै छैन

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सहभागी हुन आएका भारतीय जनता पार्टीका नेता डा. हर्षवर्द्धनले नेपाली राजनीतिक दलका शीर्ष नेताहरूले उच्च राजनीतिक संस्कार देखाएको भन्दै प्रशंसा गरेका छन् ।

महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना दिँदै हर्षवर्द्धनले एक राजनीतिक दलको महाधिवेशनमा देशका सबै दलका शीर्ष नेताहरू उपस्थित भएर त्यो संस्कार देखाएको बताए ।

संसारभरि यस्तो प्रकारको उच्च राजनीतिक संस्कार देख्न मुस्किल पर्ने भन्दै उनले राजनीति सानो चित्तले नहुने भारतीय पूर्वप्रधान मन्त्री अटल विहारी बाजपेयीको भनाइ उल्लेख गरे ।

केही समयअघि एमालेको महाधिवेशनमा प्रधान मन्त्री शेरबहादुर देउवा घन्टौँ बसेर शुभकामना दिएकोप्रति पनि प्रशंसा गरे । उनले एकै मञ्चमा यति धेरै पूर्वप्रधानमन्त्री पहिलो पटक देखेको भन्दै यो घटना पनि दुर्लभ भएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *